लकडाउनको बेला आफ्नो सवारीसाधन कसरी सुरक्षित राख्ने?

कोरोना भाइरस महामारीका कारण नेपाल लगायत विश्वका धेरै देश लकडाउनमा छ l यसरी लामो समय सम्म लकडाउन लम्बिदै गर्दा हामीले घरमा राखिएको आफ्नो मोटरसाइकल र स्कुटरलाई बिर्सिएका त छैनौँ ? लामो समयसम्म नचलाउदा हाम्रो सवारी साधनमा समस्याहरु आउन सक्छन र त्यसबाट बच्नको लागि हामीले यी कुराहरुमा ध्यान दिनुपर्दछ l

  • मेन स्ट्यान्डको प्रयोग : 

यदि तपाइको मोटरसाइकल/ स्कुटरमा मेन स्ट्यान्ड (डबल स्ट्यान्ड) छ भने पार्किङ गरेर राख्दा यो स्ट्यान्ड प्रयोग गर्नुहोला l यसले तपाईंको सवारी साधनको तौल समान राख्न मद्दत गर्छ र साथ साथै यसले तपाईंको सवारी साधन भित्र रहेका बिभिन्न तरल पदार्थहरुलाई पनि लेभलमा राख्न मद्दत गर्छ l यसरि मेन स्ट्यान्ड प्रयोग गर्दा सस्पेन्सन र टायरमा पनि कम प्रेसर पर्ने हुन्छ l 

  • बेला बेलामा इन्जिन स्टार्ट गर्नुहोस्

तपाईंले कम्तीमा पनि हप्ताको दुई दिन आफ्नो सवारीको इन्जिन स्टार्ट गर्नुपर्छ l तपाईंको सवारी अलि बढी पुरानो छ भने एक दिन बिराएर स्टार्ट गर्नु राम्रो हुन्छ l यसो गर्नाले इन्जिन आयल सबै तिर पुग्छ र तपाइँको सवारीको भित्रि पार्टर्पुर्जा जाम हुने समस्या आउदैंन l यसले तपाईंको ब्याट्री पनि रिचार्ज गर्ने हुँदा ब्याट्री डेड हुनबाट पनि बचाउँछ l 

  • घाम-पानीबाट सुरक्षा

लामो समयसम्म पार्किङ गरेर राख्दा तपाईंको सवारी साधनलाई धेरै चिजले असर गर्न सक्छ l धुलो जम्मा भई इन्जिन खराब हुने देखि रङ्ग उड्ने सम्मको समस्या आउन सक्छन् l त्यसैले आफ्नो सवारीलाई छोपेर राख्नु जरुरि हुन्छ l छोप्ने कभर उपलब्ध छैन भने घरमै भएको तन्ना अथवा कुनै कपडाले छोप्न पनि सक्नुहुन्छ l सम्भब भएसम्म सीत्तल हुने ठाउँमा राख्नु राम्रो हुन्छ l 

  • टायर प्रेसर

सम्भव छ भने आफ्नो टायरको प्रेसर चेक गर्न नभुल्नु होला l लामो समयसम्म नचलाई राखेको हुनाले टायरको प्रेसर घट्दै जान्छ l यसले टायरको बाहिरि भाग फुट्दै जाने समस्या आउन थाल्छ l आफ्नो आँगनमा अथवा कम्पाउन्ड जग्गामा मिल्ने ठाउँ छ भने बेला बेला आफ्नो सवारी साधन अलि अलि भए पनि गुडाउनु होला l एस्तो गरे तपाईंको सवारीको टायरमा रहेको हावा प्रेसर सर्कुलेट भई टायरको हावा सक्किने र बाहिरी भाग फुट्ने जस्तो समस्याबाट बचाउँछ l 

  • नियमित जांच र सरसफाई 

धेरै समय सम्म आफ्नो सवारी साधन नचालाएमा धुलो जम्मा भई इन्जिन सिज हुने खतरा हुन्छ l त्यहि भएर सवारी साधनलाई नियमित सरसफाई गर्नु होला l आफ्नो सवारी साधनको चेनलाई सफा राख्नुहोला l चेन लुब्रीकेन्ट राख्नु एकदम महत्वपूर्ण हुन्छ l साथै नट बोल्टहरु खुकुलो भएको छ कि छैन पनि चेक गर्नु होला l  

Related Post

2 Comments